२३ साउन, काठमाडौं । जिल्ला समन्वय समिति मकवानपुरमा प्रमुख र उपप्रमुख सहित सबै पदमा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् ।

आज भएको निर्वाचनबाट नेकपा एमालेका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका रघुनाथ खुलाल र उपप्रमुख भगवनी पुडासैनीसहित नेकपा एमालेको सिङ्गो प्यानल विजयी विजयी भएको हो ।

एमालेका सबै उम्मेदवारले १४–१४ मत प्राप्त गरे । पराजित काँग्रेस माओवादी गठबन्धनका कृष्णप्रसाद दुलालसहितको प्यानलका सबैले ६ मत मात्र प्राप्त गरे । सदस्यहरुमा नेकपा एमालेका तर्फबाट देवराज रिमाल, गणेशकुमारी प्रधान, चित्रबहादुर बलामी, गीता अधिकारी, बुद्धिबहादुर मोक्तान, सानीकान्छी स्याङ्तान र सरिता विक निर्वाचित भएका छन् ।