२४ जेठ, टेक्सास, अमेरिका ।

चर्चित टेलिभिजन पत्रकार किरण मरहठ्ठाद्धारा लिखित पुस्तक ‘द होप’ को अमेरिकाको टेक्सासमा लोकार्पण गरिएको छ । समाजसेवी एवं हेमसरिता पाठक फाउन्डेसनका अध्यक्ष हेम पाठकले पुस्तकको लोकार्पण गरेका हुन् ।

नेपालको आर्थिक, समाजीक, राजनीतिक तथा आध्यिात्मिक क्षेत्रका कारिब २५ जना अगुवाहरुको विचार समेटिएको द होपमा तत्कालिक परिस्थितिको चित्रणका साथै नेपालको अर्थराजनीतिक पाटोको विश्लेषण गरिएको छ । २२० पेजको सो पुस्तक डिकुरा पब्लिकेशनले बजारमा ल्याएको हो ।

पुस्तक माथि समिक्षा गर्दै प्रमुख अतिथि हेम पाठकले द होप नेपाली समाजमा आशाको दियो बनेर आएको टिप्पणी गरे । उनले भने, ‘यो एक पत्रकारले समाजका विभिन्न क्षेत्रका व्यक्ति र बिषयको गहिरो अध्ययान पश्चात लेखीएको कृती हो ।’

पाठकले पत्रकार मरहठ्ठालाई गैर आवासिय नेपालीको बारेमा सबैभन्दा जानकार पत्रकारको संज्ञा दिए । ग्रेटर अश्टिन नेपाली समाज, अस्टिनको आयोजनामा भएको कार्यक्रममा फिल्मकर्मी टेलिभिजन प्रस्तोता नारायण पुरिले पुस्तक पत्रकारितामा नवप्रवेशीहरुको लागी मार्गदर्शक भएको बताए ।

कार्यक्रममा टेक्सासका रहेका नारी साप्ताहिकका सहसम्पादक झरना नहर्की, पत्रकार रविन पिया, विश्वसंदेश साप्ताहिकका सम्पादक सुरज भण्डारी लगायतले पुस्तक माथि समिक्षा गरेका थिए ।