६ जेठ, काठमाडौं ।

धुलिखेल नगरपालिकामा एमाले उम्मेदवार धेरै अगाडि देखिएका छन् । ८ सम्मको मतगणनामा एमाले प्रमुखका उम्मेदवार अशोक ब्यान्जु ५ हजार ५ सय १६ मतका साथ अगाडि छन् । कांग्रेसका रमेश हुमागाईं दुई हजार ९ सय चार मत प्राप्त गरी एमाले उम्मेदवारभन्दा झण्डै तीन हजार मतले पछि छन् ।

काभ्रेका बनेपा, पनौती, देउपुर मण्डन नगरपालिका एमालेले जितिसकेको छ ।