११ वैशाख, पोखरा । नयाँ शक्ति पार्टी नेपाल पोखरा लेखनाथ महानगरको आज बसेको बैठकले पोखरा–लेखनाथ महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोट गरेको छ ।

बैठकले सर्वसम्मत रुपमा हेमबहादुर थापा, जितबहादुर तमु (मामा) र नारायणहरि तिवारीलाई तथा उपप्रमुखमा कमला रानाभाट र लक्षी खाती परियारलाई सिफारिस गरेको छ ।

मदन केसीको संयोजकत्वमा देवी सुवेदी, दुर्गा गुरुङ, शम्भु खाती परियार, खड्ग गुरुङ सदस्य रहेको समितिले उक्त निर्णय गरेको हो । यस्तै नेपाली काँग्रेस लुम्ले गाउँ कार्यसमितिले पत्रकार राजबहादुर गुरुङलाई कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा उम्मेदवारीका लागि सिफारिस गरेको छ । रासस