२८ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा मंगलबार बेलुका सुक्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक सुचारु भएको छ ।

रातभर पहिरो पन्छाएर बिहान १ बजेदेखि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

सो सडक खण्डमा मंगलबार साँझ ७:४० बजे चट्टानसहितको पहिरो खसेको थियो । पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगेको थियो ।

पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सो सडकखण्डमा सवारी चाप बढेको छ ।

यसअघि, चाडपर्वमा यात्रुलाई सहज रुपमा घर जाने वातावरण बनाउन मुग्लिन–नारायणघाट सडकमा आउन सक्ने समस्या समाधान गरिने बताइएको थियो । साथै पहिरोकै कारण सडक अवरुद्ध नहुने गरी काम गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।