२८ असार, काडमाडौं ।

नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निकायको निर्वाचनपछि वडा तहबाट जनताले सहज रुपमा सुविधा पाउने बिश्वास व्यक्त गरेका छन् ।

युवा सृजनशिल समाज नेपालले आज काठमाडौमा गरेको प्रमाणपत्र बितरण कार्यक्रममा नेता सिंहले वडामा जनताले जस्तो सुकै समस्या र गुनासो लिएर आउने भएकाले यसका लागी वडा प्रतिनिधी तयार रहनुपर्ने उल्लेख गरे ।

उनले वडामा आउने साना भन्दा साना समस्या पनि सम्बोधन गर्न जनप्रनितिधीले बिशेष ध्यान पुराउनुपर्नेमा जोड दिए ।