cp gajurel१० साउन, काठमाडौ । निर्वाचन तथा सरकारको निरन्तर विरोध गर्दै आएको नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले सरकारले घोषणा गरेको संविधानसभाको दोस्रो निर्वाषचन कुनै हालतमा मंसीर ४ मा हुन नसक्ने बताएका छन् ।

कपिलवस्तुको जितपुरमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्वाचन प्रचार गर्न गाँऊ जानेका हातखुट्टा भाच्न आफूहरूले कार्यकर्तालाई निर्देशन दिइसकेको खूलासा गरेका छन् । आफुहरूले कुनै हालतमा निर्वाचन हुन नदिने भन्दै उनले जसरी युद्धकालमा हाम्रो टाउकोको मूल्य तोकिएको थियो त्यसरी नै हामीले निर्वाचनमा भाग लिने र प्रचारमा जानेको हातखुट्टाको मूल्य तोक्छौ भनेका छन् ।

उनले निर्वाचनको विरोध गर्दा प्रहरीले दमन गरे कडा प्रतिवाद गर्ने समेत उनले बताए । यदी चार शक्तिका नेताको निर्देशनमा सरकारले सेना परिचालन गरे सेना परिचालन गरिएकै दिनबाट आफूहरूले युद्ध थाल्ने उनले चेतावनी दिएका छन् ।

उनले संविधानसभाको नाटक गर्न सेना परिचालन गर्न खोजे स्वयं नेपाली सेनाले पनि अस्विकार गर्ने गजुरेलले दाबी गरे । पूर्वराजा र राजावादीसँग राष्ट्रियताका लागि मोर्चाबन्दी हुन सक्ने दोहोर्याउँदै सबै शक्तिसँग राष्ट्रहितका लागि सहकार्य गर्नु स्वभाविक रहेको उनको भनाई थियो ।