२७ असोज, काठमाडौं । दलहरुले तोकिएकै मितिमा निर्वाचन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

निर्वाचन आयोगको कार्यालयमा पुगेर शिर्ष नेताहरुले निर्धारित मितिमै चुनाव गर्ने र निर्वाचन आचार संहिता अक्षरस पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

पछिल्लो समय चुनाव सर्न सक्ने हल्लाकाबीच आयोगले सबै दलका शिर्ष नेताहरुलाई आयोगमा बोलाएर छलफल गरेको हो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा चुनाव गराउन सरकार प्रतिवद्ध रहेको पनि बताए ।

उनले तोकिएकै मितिमा प्रदेश र प्रतिनिधी सभा निर्वाचन हुनेमा ढुक्क हुन आह्वान गरेका छन् । यस्तै छलफलमा सरकार र नेताहरुले चुनावी आचारसंहिता पनि कडाईका साथ पालना गर्ने बताएका छन् ।

आयोगले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावको तयारी अन्तिम चरणमा पुगेको जानकारी दलहरुलाई गराएको थियो ।