५ जेठ, नुवाकोट । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

तेह्रवटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा एमालेका उम्मेदवार सञ्जु पण्डित नौ हजार ७१६ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार धु्रव अधिकारीले आठ हजार ७४२ मत ल्याएका छन ।

यस्तै, उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार गीता दाहाल अर्याल नौ हजार १२४ मत ल्याएर विजयी भएकी छन । उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार गीता अमात्यले नौ हजार मत ल्याएकी छन । उपप्रमुख पदमा २२ मतको मात्र फरक छ ।