१ जेठ, नुवाकोट । नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।

विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा (एमालेीका प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार ध्रुव अधिकारीले १०७ मत ल्याएका छन । नेकपा (माओवादी केन्द्र)मा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याएका छन ।

त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३ मत गनिएकोमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा (माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार मानसिंह तामाङले १५४ मत प्राप्त गरेका छन ।