१२ असार, झापा ।

नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका झापा जनसरकार प्रमुख पक्राउ परेका छन् ।

निर्वाचन बिरोधि गतिबिधिमा संलग्न भएको आरोपमा विप्लव नेतृत्वको नेकपाका झापा जनसरकार प्रमुख सुमनसिंह पौड्याललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई बिर्तामोडस्थित चारपानेबाट निर्वाचन बिरोधि गतिबिधि गरिरहेको अवस्थामा पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी हरीप्रसाद शर्माले जानकारी दिए ।

उनी झापाका बिभिन्न स्थानहरुमा निर्वाचन बिरोधि पर्चा टाँस्दै हिडेको प्रहरीले जनाएको छ । यसअघि पनि झापामा विप्लव माओवादीका चार जना कार्यकर्ता पक्राउ परेका थिए ।