३ भदौ, काठमाडौं । जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा पनि पराजित भएको छ ।

पहिलो खेलमा बरावरी खेलेको नेपाल लगातार तेस्रो हार बेहार्ने क्रममा आज भिसेल कोबेको १८ बर्षमुनिको टोलीसँग ४—२ को गोलअन्तरले पराजित भयो । नेपालका लागि पहिलो हाफमा बिमल घर्ति मगर र दोस्रो हाफमा भरत खवासले गोल गरेका थिए ।

एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध हुने खेलको अन्तिम तयारीका लागि जापान पुगेको नेपाली टोलीले पहिलो खेलमा साउन २९ गते गाम्बा ओसाका २३ बर्षमुनीको टोलीसँग १–१ को बराबरी गरेको थियो ।

त्यसपछि क्वान्सी ग्वाक्विन विश्वविद्यालयलाई २–१ ले हराएपछि त्यसपछिका दुई खेलमा नेपालले लज्जास्पद हारको सामना गर्नुपरेको थियो । जापानको क्षेत्रीय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले र हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको थियो ।