२० चैत, काठमाडौं

नेपाली कांग्रेसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतको आलोचना गरेपछि अधिवक्ता हरिप्रसाद मैनालीले कांग्रेस विरुद्ध अपहेलना मुद्धा दायर गरेका हुन् ।

प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय नै गरी अदालतको फैसला आदेश प्रति आफ्नो असहमती जनाएको थियो ।

याे पनि पढ्नुस: सरकार, संसद र निर्वाचन आयोग विरुद्ध पनि मुद्धा

उक्त निर्णयले अदालतको अवहेलना गरेको भन्दै आज मुद्दा दर्ता गरेको अधिवक्ता मैनालीले बताए । सर्बोच्च अदालत प्रशासनले उक्त मुद्दाको पेसी चैत्र २२ गते मंगलवारका लागि तोकेको छ ।