२० भदौ, काठमाडौं । एएफसी एसियन कप फुटबल–२०१९ को छनोट चरणमा नेपाल आज ताजकिस्तानसँग भिड्ने भएको छ ।

खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । एशिया कपमा छनौटको संभावना कायम राख्न नेपाललाई यो खेल जित्नै पर्ने बाध्यता छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजकिस्तानमाथि जीत हासिल गर्ने लक्ष्य रहेको र जित्न नसकेमा कम्तीमा बराबरी गरेर एक अंक जोड्ने बताउँदै एसियन कप छनोटको सम्भावनाका लागि यो खेल निकै महत्वपूर्ण हुने बताए ।

एसियन छनोटमा नेपालले एक अंक जोडेको छ भने यसअघिका २ खेल खेलेको ताजकिस्तान दुवै खेलमा हार बेहोर्दै अङ्कविहीन छ । यहि प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले केही समय अघि जापानमा १० दिन अभ्यास गरेका थियोे ।