२७ कात्तिक, काठमाडौं । एशियन कप छनोट फुटबल प्रतियोगिता अन्तर्गत नेपालले फिलिपिन्सको सामना गर्दैछ ।

खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भोली दिउँसो २ बजे सुरु हुनेछ । आज एन्फा कम्प्लेक्समा भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिमका कप्तान अनिल गुरुङले भोलि बलियो टोली फिलिपिन्ससँग एन्फा मैदानमा प्रतिस्पर्धा गर्दा मुख्य चुनौति रक्षापंक्तिमा रहेको बताएका छन्  ।

टिमका नियमित डिफेण्डर देवेन्द्र तामाङ, र आदित्य चौधरी चोटका कारण खेल्न नसक्ने अवस्थामा छन् । पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बिगतका कमजोर सुधार गर्दै टिमको रणनीति बनाएको बताए । नेपालले फिलिपिन्सबिरुद्ध जितको लक्ष्य लिएको छ ।

फिलिपिनो टोलीका प्रशिक्षक थोमस टूलीले नेपालबिरुद्धको खेल आफ्नो टोलीका लागि महत्वपूर्ण भएको बताए । यसअघि अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलले पराजित भएको थियो ।

फिलिपिन्स समूह एफमा ८ अंकका साथ शीर्ष स्थानमा छ । अहिलेसम्म १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल तालिकाको अन्तिम स्थानमा छ ।