पुष्कर बराल
७ मंसिर, न्युयोर्क।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्यापटरले १०६ औँ लक्ष्मी प्रसाद देवकोटा जयन्ती भव्यताको साथ सम्पन्न गरेको छ । न्युयोर्क को ज्याक्सन हाईटमा भएको उक्त कार्यक्रममा साहित्यकार तथा साहित्यिक मनहरुको ठुलो उपस्थिति रहेको थियो ।

devkota jayenti in newwork (5)कार्यक्रममा साहित्यकार मणि बाङ्देलले उपस्थित सबैलाई स्वागत मन्तब्य तथा पुष्कर बरालले देवकोटाको बारेमा प्रकाश पारेका थिए ।

साहित्यकार सकुन्तला ज्ञवालीले संञ्चालन गरेको कार्यक्रममा नाटक पनि प्रस्तुत गरिएको थियो भने बाल कविता प्रतियोगिता पनि सम्पन गरियो। च्याप्टटरको आजै नयाँ कार्य समिति पनि गठन गरिएको छ ।

devkota jayenti in newwork (4)त्यस्तै  देश सुब्बा, दामोदर पुडासैनि , बिनोद रोका,मनु लोहरीङ्, पुष्कर बराल,धन लामा, अरुण अनुरागी, पुण्डारी अर्याल, पुनम काफ्ले, सुनिता शर्मा, गीता खत्री, ज्योति पौड्ल लगायतले आफ्ना सृजना बाचन गरेका थिए।

संसार भर हरेक बर्ष देवकोटा जयन्तीको अवसर पारेर देवकोटाको सम्झनामा धेरै साहित्यिक कार्यक्रम हुने गर्दछन् ।

devkota jayenti in newwork (3)

कार्यक्रमा प्रमुख अतिथि अर्जुन मैनाली, साहित्यकार कृशु क्षेत्री, नेपाल बाट आएका अतिथि  दामोदर पुडासैनि किशोर, हङ्कङ् बाट देश सुब्बा, महाबाणिज्य उप प्रमुख प्रवीण भट्टराई आदिको उपस्थिति थियो।