४ भदौ, काठमाडौं ।

नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशन आजदेखि काठमाडौंमा शुरु भएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । त्यसका लागि भोली निर्वाचन हुँदैछ ।

प्रतिष्प्रधीहरुले उम्मेदवारी दर्ता गराई अन्तिम नामावली पनि सार्वजनिक भइसकेको छ । तर यो महाधिवेशनको क्रममा यस्ता अनौठा उम्मेदवार पनि भेटिए, जो पत्रकार नै होइनन ।

त्यस्तै मध्येका एक हुन रामहरी सिल्वाल । उनले व्यवसायिक, लोकतान्त्रिक तथा अग्रगामी पत्रकार समूहको तर्फबाट लेखा समितिको संयोजकमा उम्मेदवारी दर्ता गराएका छन् । उनले नेकपा एमालेका पत्रकारहरुको संगठन प्रेस चौतारीबाट टिकाट पाएका हुन् ।

व्यवशायीक हिसावले उनी पत्रकारिताभन्दा धेरै टाढाका व्यक्ति अर्थात कलेज सञ्चालक हुन । काठमाडौंमा रहेको प्लेटनियम म्यानेज्मेन्ट कलेजका मालिन हुन् पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको लेखा समिति संयोजकमा उम्मेदवारी दिएका रामहरी सिल्वाल ।

हाल उनी उच्च माध्यामिक विद्यालय संघ (हिसान) का सचिव हुन् ।

र यसअघि नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्शनमा बसेर पनि उनले काम गरिकेका छन् । पत्रकारिता उनको बार्गेनिङ गर्ने व्यवशाय हो ।

पत्रकारितालाई ढाल बनाएर सुनधारामा रहेको लाइफ केयर अस्पतालमा डाक्टरसँग बागेनिङ गरिरहँदा कुटाई खाएर भाग्नु परेको विषय उनको लुकेको पाटो हो । पैसाको आडमा प्रेस चौतारीको पत्रकार भएको र चौतारीका नेतालाई पैसा बाँडेर टिकट पाउने गरेको स्वयं चौतारीका जिम्मेवार पत्रकारहरु नाम उल्लेख नगर्ने सर्तमा बताउँछन् ।