बजारमा पाइने खाद्यान्न, साग–सब्जीजस्ता कुनै पनि चिज शुद्ध नपाईने अर्थात् औषधी प्रयोग गरेर उत्पादन गरिएका खानेकुराले हाम्रो स्वास्थ्यलाई नराम्रो असर गरिरहेको छ ।cancer-on

हिजोआजको खानपानका कारण धेरैजसो पेटसम्बन्धी रोग लाग्ने गरेको छ । त्यसमा पनि आन्द्राको क्यान्सर एक गम्भिर समस्या हो । पढ्नुस् यस्ता छन् लक्षणहरु ।

  • दिसामा रगत देखिनु पेटसम्बन्धी गम्भिर समस्याको संकेत हो । रगत देखिएमा आन्द्राको क्यान्सर हुन सक्छ ।
  • आन्द्रामा क्यान्सर हुँदैछ भनेविना कारण नै तपाईको तौल घट्दै जान्छ । आफ्नो तौलप्रति संवेदशील हुन आवश्यक छ ।
  • धेरै थकान महशुस पनि आन्द्राको क्यान्सरको संकेत हुनसक्छ । त्यस्तै, आन्द्रामा परिवर्तन आउनु वा वान्ता हुनु पनि ठूलो आन्द्राको क्यान्सरको संकेत हो ।
  • यस्तो क्यान्सर पुरुषमा तेस्रो र महिलामा दोस्रो धेरै देखिने क्यान्सर हो । यस रोगको लक्षण पहिचान गर्न पनि निकै गाह्रो हुन्छ, किनभने यस्ता लक्षण अन्य रोग लागेमा पनि देखा पर्छन् । ३० बर्ष काटेपछि प्रत्येक ५ बर्षमा एक पटक ‘कोलनोस्कोपी’ गराई आन्द्राको क्यान्सरबाट बच्न सक्नुहुन्छ । माथीका कुनै पनि लक्षण देखापरे एक पटक डाक्टरको सल्लाह लिइ सुरक्षित रहनुस्।

यो पढ्नुस्।

यी ६ संकेत देखिए गइहाल्नुस् डाक्टरकोमा, ब्रेन ट्युमर हुनसक्छ

क्यान्सर देखि छालाको रोगको समाधान, खानुस् बेथेको साग

मोटोपना घटाउनेदेखि लिएर क्यान्सरसँग लड्न सक्ने क्षमता छ बेसारसँग, जानौँ अन्य १० फाइदाहरू…