के तपाई पनि जागिर पाउन सकिरहनु भएको छैन ?

purse-job-101861512कस्ता गल्तिका कारण जागिरका लागि रिजेक्ट भन्निन्छ? जागिरको अवसर नगुमाउन पहिल्याउँनुहोस् यी १० गल्ति र सुधारर्नुहोस् आफ्नो क्षमतालाई :

१. आफूलाई ब्रान्डिङ गर्न नसक्नु – हामी आफैँले आफ्नो ब्रान्डिङ गनुपर्छ अर्थात् आफू कति तलबको योग्य छु थाहा पाउनु पर्छ । रोजगारका लागि बनाउनु भएको सिभि वा बायोडाटा यस्तो बनाउनुहोस् कि तपाईमा कति योग्यता छ स्पष्ट होस् । उक्त कामका लागि कसरी योग्य हुनुहुन्छ, खुलाउँनुहोस् ।

२. आफ्नो महत्व थाहा नहुनु – तपाई आफूले कति तलब पाउन सक्छु भन्ने थाहा नहुनु एउटा गल्ति हो । यसका लागि विभिन्न वेबसाइटबाट थाहा पाउन सकिन्छ, कि तपाईले रोज्नु भएको कामको क्षेत्रमा कति तलब दिइन्छ । यसबाहेक, अगाडिदेखि काम गरिरहेका कामदारसँग पनि सोध्न सक्नुहुन्छ ।

३. अप्लाई गरेर चुपचाप नबस्नु – अनलाइनमार्फन् अप्लाई गरेको भए कुरेर बस्नु हुन्न । सम्बन्धित म्यानेजरसँग सिधा वा प्रत्यक्ष रुपमा कार्यालयमै गरेर सम्पर्क गर्न कोशिस गर्नुपर्छ । आफ्नो प्रोफाइलको बारेमा राम्रो जानकारी गराउनुपर्छ ।

४. सम्पर्क सञ्जाल कम गर्नु – रोजगारी खोज्ने क्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग सम्पर्कमा रहने । समय भए कफी, चिया भेटघाट तथा जमघट गर्ने । नयाँ–नयाँ क्षेत्रका व्यक्तिलाई साथी बनाउँने । यसो गर्नाले रोजगारीका धेरै अवसरहरु भेट्न सकिन्छ, सिक्न सकिन्छ ।

५. बायोडाटाको ढाँचा – जुन कामका लागि बनाउँन लागिएको हो, सिभि अर्थात् बायोडाटालाई त्यही ढाँचामा ढाल्नुहोस् । एउटै बायोडाटा धेरै रोजगारका लागि प्रयोजनमा नल्याउनुहोस् । वर्तमान अवस्था र आफ्नो बारेमा राम्रो जानकारी दिएको हुनुपर्छ ।

६. रोजगार दिने कम्पनी बारे अध्ययन नगर्ने बानी – सबैभन्दा ठूलो गल्ती यही हो । कुनै पनि रोजगार अवसरको विज्ञापनलाई हेरेर अन्तरवार्ता दिनअघि कम्पनी र त्यहाँको काम गर्ने तरिकाबारे राम्ररी अध्ययन गर्नुपर्छ । उक्त कम्पनीका सञ्चालकको प्रोफाइल हेर्नुहोस् र कम्पनीको उद्देश्य थाहा पाउनुहोस् ।

७. एकै ठाउँमा समय फाल्नु – एक ठाउँमा अड्केर रोजगार पाइएला की भन्न आशा नबस्नुहोस् । तपाईको बायोडाटालाई आलटाल गरिएको छ भने अर्को कम्पनीमा प्रयास गर्नुहोस् ।

८. सक्रिय नहुनु – जबसम्म नयाँ काम भेटिँदैन, तबसम्म गरिरहेको काममा सक्रिय रहनुहोस् । अन्तै कम्पनीमा काम गर्ने मनासाय बनाउँनु भएको छ भने पनि पुरानो कामलाई शतप्रतिशत राम्रो गर्ने प्रयास गर्नुहोस् । किनकि, राम्रो मेहनत गर्नेलाई जहाँ पनि अवसर हुन्छ ।

९. नसोचीकनै काम थाल्नु – धेरै जसो हामी रोजगारीका लागि भौतारिएका बेला जस्तो काम पनि गर्न तयार हन्छौ । कम्पनीको पृष्ठभूमि, उद्देश्य आदिबारे जानकारी नलिइकन काम गर्न थाल्छौ, जहाँ हामी काम गर्न नहुने हो । यस्तो गल्ती नगर्नुहोस् । आफूले चाहेको काम गर्नुहोस् ।

१०. आफ्नो दक्षता थाहा नहुनु – कति पय हामी कम्पनी वा काम चाहान्छौ, त्यसका लागि दक्ष वा योग्य नहुन सक्छौ । रिजेक्ट हुनअघि आफू सो कामका लागि योग्य छु कि छैन भन्ने कुरा थाहा पाउन आवश्यक छ । त्यसैले, जहाँ तपाईलाई सही पोजिसन, तलब र जिम्मेवारी मिल्छ, त्यही गर्नुहोस् ।