९ चैत, एजेन्सी।

एप्पले पहिलो पटक रातो रंगमा आइफोन सार्वजनिक गरेको छ । एप्पलले आइफोन ७ र ७ प्लसको यो विशेष संस्करण मार्च २४ देखि विश्व बजारमा उतार्ने तयारी गरेको छ। यसको बिक्रीबाट उठेको रकमको केही हिस्सा एड्स रोकथाम तथा रिसर्च गर्ने संस्थाहरुलाई दिने एप्पलले घोषणा गरेको छ।

विगत १० वर्षदेखि एप्पलले आफ्नो उत्पादनहरु ‘प्रडक्ट रेड’ कार्यक्रम अन्तर्गत रातो रंगमा पनि सार्वजनिक गर्दै आएको छ। तर आइफोनको रातो संस्करण भने यो पहिलो पटक हो।

रातो रंगको यो आइफोन १२० र २५६ जिबी स्टोरेज अप्सनमा उपलब्ध हुनेछ। यसको मूल्य आइफोन ७ र ७ प्लस झै हुनेछ। रेड आइफोन ७ को मूल्य ७४९ डलर र रातो ७ प्लसको मूल्य ८६९ डलर तोकिएको छ।

यसको रंगमात्र रातो गरिएको हो। यसमा अन्य कुनै नयाँ फिचर भने थपिएको छैन।