६ असोज, काठमाडौं ।

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट शुरु हुदैछ ।

पार्टी मुख्यालय धुम्वाराहीमा ८ औ केन्द्रीय कमिटी बैठक विहान ११ बजेदेखि शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने उनले बताए ।

उनका अनुसार बैठकले केन्द्र र प्रदेशको निर्वाचनको उम्मेदवार छनौटको मापदण्ड समेत बनाउने छ ।