४ फागुन, काठमाडौं
बार्सिलोनाले च्याम्यियन्स लिगमा शर्मनाक पराजय बेहोरको छ । फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी)सँग बार्सिलोनाले अन्तिम १६ को पहिलो लेगमा गएराती ४–० को पराजय बेहोरेको हो ।

बार्सिलोनलाई लज्जास्पद पराजय दिलाउने क्रममा पिएसजीका तर्फबाट पहिलो हाफमा २ र दोस्रो हाफमा पनि २ गोल नै हुन पुग्यो । १८ औं मिनेटमा डि मारियाले अग्रता दिलाए पनि पिएसजीका लागि ड्राक्सलेगले ४० औं मिनेटमा दोस्रो गोल गरे । दोस्रो हाफको ५५ औं मिनेटमा डि मारियाले नै दोस्रो गोल गर्दा बार्सिलोना ३–० गोलले पछि पर्यो । ७१ औं मिनेटमा काभानीले गोल गर्दा बार्सिलोना ४–० पछि पर्यो ।

बर्सिलोनाका लागि मेसी, सुवारेज र नेयमार प्रभावशाली देखिएनन् । खासगरी मेसी खेलमा चल्नै सकेनन् । यो वर्ष मेसी च्याम्यियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । तर, पिएसजीविरु गोल गर्न सकेनन् । लिग चरणका सबै खेलमा उनले गोल गरेका थिए । उनले ६ खेलमा १० गोल गरेका छन् । दोस्रो स्थानमा रहेका काभानीको नाममा ७ गोल छ । अब च्याम्पियन्य लिगमा फर्कनका लागि बार्सिलोनाकाले जादुमयी खेल आफ्नो मैदानमा देखाउनुपर्ने टिप्पणी गरेका छन् ।

अब च्याम्पियन्स लिगमा रहिरहने आशालाई जिवित राख्न तीन हप्तापछि आफ्नै मैदानमा हुने दोस्रो लेगमा बार्सिलोनाले कम्तिमा ५–० गोल अन्तरले पराजित गर्नुपर्नेछ । पिएसजीले १ गोल बार्सिलोनाले ६ गोल गरेर पनि पुग्दैन ७ गोल गर्नुपर्छ । जुन असम्भव जस्तै छ ।