७ कात्तिक, काठमाडौं ।
पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा युवराज भुसालले पदभार ग्रहण गरेका छन । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत रहेका भुसालले मंगलबारदेखि पुनःनिर्माण प्राधिकरणको तेस्रो प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका हुन ।

मन्त्रीपरिषदको सोमबार बसेको बैठकले पूर्व सचिव भुसाललाई पुनःनिर्माण प्राधिकरणकाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको थियो ।

मंगलबार पदभार ग्रहण गर्दै प्रमुख कार्यकारी अधिकृत भुसालले भूकम्पपिडीतका लागी रकम उपलव्ध गराई टहराको बासबाट मुक्त गर्ने बताए । उनले सबै प्रकारका उपायहरु अबलम्वन गरेर भएपनि भूकम्पपिडीतको समस्या समाधान गर्ने उल्लेख गरे ।

प्राधिकरणका यसअघिका सीइओ डाक्टर गोविन्द पोखरेलले राजीनामा दिएपछि सरकारले भुसाललाई नयाँ सीइओ नियुक्त गरेको थियो ।