जुठा भाँडा तथा जलेर कालो बनेका भाँडा चम्किला बनाउनु बनाउन एकदमै गाह्रो हुन्छ । यदि तपाइले पनि भान्सामा काम गर्नुहुन्छ र जलेको र पुराना भाँडा चम्किला बनाउन नसकेर हैरान हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाइले यि तरिका अपनाएर आफ्ना भाँडा यसरि चम्किला बनाउन सक्नुहुनेछ ।

– काँचको भाँडा सफा गर्नुछ भने रिठाको पानी प्रयोग गर्नुहोस् ।

– भाँडाको पिँधमा जमेको फोहोर सफा गर्नुछ भने थोरै कागतीको रस र नुन पानीले माझ्नुस् । तथा भाँडामा पानी र कागती बोक्रासहित राखेर उमाल्नुस् ।

– सिल्भरका भाँडा चम्किाला बनाउनुछ भने भाडा धुने साबुन र थोरै नुन मिलाएर भाडा सफा गर्नुस् ।

– डढेर कालो बनेका भाडा सफा गर्न सोहि भाडोमा प्याज काटेर राम्रोसंग उमाल्नुस् । त्यसपछि भाडा माझ्ने साबुनले सफा गर्नुस् ।

– चिल्लोपन भएका भाँडा सफा गर्न पहिले कपडाले पुछ्नुस, त्यसपछि साबुनपानीले राम्रोसंग धुनुस् ।

– प्रेसर कुकरमा लागेको दाग धब्बा सफा गर्न पानीमा १ चम्चा वासिङ् पाउडर र कागतीकाे टुक्रा राखेर उमाल्नुस् । त्यसपछि भाँडा माझ्ने ब्रसले हल्का माझेर सफा गर्नुस् । तपाइँका भाँडा पहिले भन्दा चम्किला बन्नेछन् ।