जवान देखिन र सुन्दर छालाको लागी भनेर बजारमा विभिन्न उत्पादनहरु उपलब्ध छन । तर यस्ता उत्पादनको अत्याधिक प्रयोगले त्यसमा भएको केमिकलले छालामा नकारात्मक असर पर्न जान्छ ।


स्किन क्यान्सर फाउन्डेसनको एक रिपोर्टका अनुसार यदि पुरुषले नियमित खानपानमा ध्यान दिने हो भने, छालाको सुन्दरता र व्यक्ति जवान देखिनमा मद्दत पुग्दछ । यसको लागी निम्न ८ उपायहरु अपनाउन सकिन्छ।

१. मोस्चराईजर
सुख्खा छाला फुस्रो हुन्छ र यसमा चाडै चाउरी पर्छ । यसको लागी छालामा नियमित भिटामिन ‘ई’ र ‘सी’ युक्त मोइस्चराजर प्रयोग गर्नुपर्छ । यसो गरेमा छालामा चमक आउछ ।

२. सनस्क्रीन
विकिरणयुक्त सुर्यका किरणबाट बच्न सनस्क्रिनको प्रयोग गर्नुहोस् । यसले छालामा विकिरणले गर्ने असरबाट जोगाउने छ ।

यो पढ्नुस्: पुरुषले यी १० संकेतलाई बेवास्ता नगर्नुहोस्, क्यान्सर हुन सक्छ !

३. स्वस्थ खाना
खानामा माछा मासु, हरियो साग, फलफुल तथा सलाद खानुहोस । यी खानामा एसिड तथा एन्टिअक्सिड’ प्रशस्त मात्रामा पाईन्छ । जसले छालालाई स्वस्थ र जवान राख्नमा मद्दत पुर्याउछ ।

४. व्यायाम
दैनिक कम्तिमा ३० मिनेट शारिरिक व्यायाम गर्नुहोस् । जसले शरीरमा मेटावोलीज्मको मात्रा बढाउछ र छालालाई चमकदार बनाउछ ।

यो पढ्नुस्: पुरुषको शरीरका सबैभन्दा संवेदनशील ५ अंग

५. निद्रा
प्रशस्त निद्रा भएन भने शरीर थाकेको जस्तो देखिन्छ । निद्रा पुगेन भने तनाब बढ्छ । त्यसैले दैनिक ७ ÷८ घण्टा सुत्नुपर्दछ ।

६. क्लिन्जर
दैनिक सुत्नुभन्दा पहिला क्लिन्जरले आफ्नो अनुहार सफा गर्नुस् । यसले छालालाई गर्ने फोहोर निकाल्दछ र स्वस्थ राख्नमा सहयोग पुर्याउदछ ।

७. आफ्टर सेभ 
सेभिङ गरेपछि अनुहारमा आफ्टर सेभ क्रिम लगाउनुपर्दछ । जसले रेजरबाट भएको असरबाट बचाई छालालाई नरम राख्दछ ।

८. पानी

माथीका ७ उपायले तपाईको छाला सफा त बनाउँछ नै तर पानीले जति सहयोग गर्छ अरुले गर्दैन। शरीरमा पानीको अभावले छालाको चमक हराउछ र सुख्खा हुदै जान्छ । जसले अनुहारलाई बुढो देखाउछ । त्यसैले दैनिक ७ देखि ८ गिलास पानी पिउन जरुरी छ। यसरी पानी पिउँदा नियमित उहि समयतालिमा बनाएर पिउनुभयो भने हप्ता दिनमै तपाईको छालामा चकम आउँनाको साथै पेटको रोग धेरै कम भएर जान्छ।