३० कात्तिक, काठमाडौं ।
फ्लोरिकल्चर एशोसिएसन नेपालले नेपालको पुष्प क्षेत्रको बिकासमा लामो समयसम्म योगदान पु-याउनु हुने बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । एशोसिएसनको रजत जयन्ती महोत्सब २०७४ को अबसरमा बिहीबार काठमाडौमा आयोजना गरिएको कार्यक्रममा कृषि सचिव सुरज पोखरलेलले बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेका हुन ।

कार्यक्रममा जत जयन्ती स्मारिका बिमोचन समेत गरिएको थियो । निरन्तर पुष्प व्यवसायको क्षेत्रमा कार्य गर्दै हाल पच्चिसौ बर्षगाँठ प्रबेश गरेको अवसरमा एशोसिएसनले बर्षभरिनै बिभिन्न कार्यक्रम आयोजन गर्ने जनाएको छ ।

कार्यक्रममा कृषि सचिव पोखरेलले विदेशमा युवा पलायन भईरहेका बेला पुष्प व्यबसायलाई बिकास गर्नसके युवाहरुलाई स्वदेशमा नै परिचालन गर्न सकिने धारणा राखे ।

पुष्प व्यवसायको बिकास बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्य राखी बि.सं. २०४९ साल कार्तिक ३० गते बिधिबत रुपमा फ्लोरिकल्चर एशोसिएसन नेपालले स्थापना भएको थियो ।