२५ असार, काठमाडौं ।

पूर्वसभासद एवं नयाँ शक्ति पार्टीका नेता शिवचन्द्र कुशवाहासहितका चार दर्जन नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दिउँसो आयोजित एक कार्यक्रमकाबीच कुशवाहा लगायतका नेताहरु पार्टी प्रवेश गरेका माओवादीले जनाएको छ । माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेताहरुमा नेकपा एमालेका जिल्ला समिति सदस्य एवं पूर्व गाबिस अध्यक्ष गौरीशंकर जयसवाल, नेकपा (बिप्लव समूह) का रौतहट सेक्रेटरी नन्दलाल ठाकुर लगायत रहेका माओवादीको भनाई छ ।

प्रवेश कार्यक्रममा बोल्दै नयाँ शक्तिका केन्द्रीय नेता तथा पूर्वसभासद कुशवाहाले माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर आफू माओवादी केन्द्रमा फर्किएको बताए ।