१७ साउन, एजेन्सी।
गुरुत्वाकर्षणबलको कारण आफ्नो बाटो परिवर्तन गर्दै पृथ्वीतिर एक उल्का आउँदै छ। सो उल्का पृथ्वीमा ठोक्किए पृथ्वीमा ठूलो क्षति पुर्याउने छ। तर एक्पर्टहरु भन्छन् यो उल्का पृथ्वीमा ठोक्किने सम्भावना २७०० मा १ छ।

ओसिरिस-रेस्कको सञ्चार प्रणाली परिक्षण हुदैछ। अन्तरिक्षमा पठाउने हुँदा रकेटसंग पृथ्वीको सञ्चार निरन्तर हुनु अहम हुन्छ।

ओसिरिस-रेस्कको सञ्चार प्रणाली परिक्षण हुदैछ। अन्तरिक्षमा पठाउने हुँदा रकेटसंग पृथ्वीबाट सञ्चार निरन्तर हुनु अहम हुन्छ।

यो घटना १५० वर्षपछि हुनेछ। ‘बेन्नु’ नाम दिइएको उल्का सन् २१३५ मा पृथ्वी आइपुग्ने छ। यो पृथ्वीको वायुमण्डल बाहिरै बाट पास हुन्छ वा छिचोल्दै जमिनसम्म आइपुग्छ अबको १५० वर्षपछिका मानिसले नै थाह पाउनेछन्, सोमबार एबीसी न्युजले रिपोर्टमा बताएको छ।

[quote_box_center]

सन् १९९९ मा पत्ता लागेको यो उल्काको व्यास ५०० मिटर र तौल ६० मिलियन टन छ। यो १००,००० किलोमिटर प्रति घण्टाको गतिमा अन्तरिक्षमा यात्रा गर्दैछ।bennu 4343813

ओसिरिस-रेक्स मिसनका प्रमख अनुसन्धानकर्ता डान्टे लरेट्टा भन्छन्, यदि बेन्नु पृथ्वीमा ठोक्किए यसले ३ बिलियन टन बिस्फोटक पर्दाथ जति उर्जा पैदा गर्नेछ।

बेन्नु निकै पुरानो उल्का पिण्ड हो। करिब ४ बिलियन वर्ष पुरानो बेन्नुमा सुरुवाती सौर्य प्रणालीका अवशेष र अर्गानिक रसायनहरु पाइने अनुमान गरिएको छ। बेन्नु जस्तै उल्काले अन्तरिक्षको गहिर्याइबाट पृथ्वीमा जीवनको सम्भावनाको लागि रसायन ल्याएको वैज्ञानिकहरुको अनुमान छ।

[/quote_box_center]

यसैबिच नासा र युनिभर्सिटी अफ अरिजोनाले यहि सेप्टेम्बर ८ मा ओसिरिस-रेक्स (OSIRIS-REx) मिसन अन्तर्गत एक यात्रुविहिन अन्तरिक्षयान प्रक्षेपण गर्ने भएका छन्। सन् २०१८ अगस्टसम्म सो यानलाई बेन्नु उल्कासम्म पुर्याउने मिसनको लक्ष हुनेछ।

ओसिरिस-रेक्स फ्लोरिडाको केप कानाभेरलबाट एटलस भी ४११ रकेट द्वारा प्रक्षेपण गरिनेछ। यसले एक वर्षसम्म सुर्यलाई घुम्नेछ र पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रको सहयोग लिदै बेन्नु तर्फ उड्नेछ।

अगस्ट २०१८मा, ओसिरिस-रेक्स बेन्नुको नजिक पुग्नेछ। यसले स-साना रकेट थ्रस्टरको मद्दतले आफ्नो गति बेन्नुको गतिसंग समान गरि उल्काको विस्तृत अध्ययन सुरु गर्नेछ।

ओसिरिस-रेक्स बे्नुको नजिक पुग्दाको काल्पनिक तस्बिर

ओसिरिस-रेक्स बे्नुको नजिक पुग्दाको काल्पनिक तस्बिर

यो अध्ययन ओसिरिस-रेक्सले उल्कासंग गति समान गरेको दुई महिना पछि सुरु गर्नेछ। र यो अध्ययन प्रक्रिया एक वर्षसम्म चल्नेछ। अध्ययन पश्चात सहि ठाउँ छनोट गरि ओसिरिस-रेक्सले बेन्नुको सतहबाट स्याम्पल लिनेछ। सतहको पदार्थको बारेमा स्याम्पल लिन ओसिरिस-रेक्सको एक भुजाले बेन्नुको सतहमा केवल पाँच सेकेन्ड मात्र छुनेछ। सो समय नाइट्रोजन ग्याँसले सतहमा फोर्स गरि पदार्थलाई संकनल गर्न सहज गरिनेछ।

बेन्नुको सतहबाट स्याम्पल लिइसकेपछि सन् २०२१ मार्चमा ओसिरिस-रेक्स पृथ्वी फर्कनेछ। साढे दुई वर्ष पछि सन् २०२३ सेप्टेम्बरमा यो अन्तरिक्ष यान पृथ्वी आइपुग्ने एस्टोरोइडमिसनडटओराजी वेबसाइटले जनाएको छ।

अन्तरिक्षयानले बोकेको स्याम्पलको क्याप्सुल यानबाट छुटेर पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेछ। त्यसपछि बेन्नु उल्काको सो स्याम्पल वैज्ञानिकहरुले अध्ययन गर्नेछन्।

नासाले सो स्याम्पको ७५ प्रतिशत ह्युस्टन स्थित जोन्सन स्पेस फ्लाइट सेन्टरमा आगामी अनुसन्धानको लागि सुरक्षित राख्न बताएको छ। सो स्याम्पल विश्वका वैज्ञानिक र आगामी पुस्ताका वैज्ञानिकहरुको लागि सुरक्षित राखिने बताइएको छ। वैज्ञानिकहरुले स्याम्पल अध्ययन गरि पृथ्वी तर्फ बढिरहेको उल्काको बारेमा आवश्यक कदम चाल्नेछन्।

भिडियो हेर्नुस्।