८ वैशाख, एजेन्सी।

पेरिसमा बिहिबार राती गोली हानाहानमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। जवाफी कारबाहीमा एक आतंककारीको मृत्यु भएको छ।

गोलीबारी गर्ने दुई जना रहेको मानिएको छ र प्रहरीले दोस्रो व्यक्तिको खोजी कार्य तीव्र गरेको छ। घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ।

राती नौ बजे च्याम्प्स एलिसिस बुलेवार्ड इलाकामा घटना भएको हो। प्रहरीको गाडी नजिक एक कारण आएर रोकियो, तब एक आतंककारी त्यसबाट बाहिर निस्की गोलीबारी गर्न सुरु गरेको बताइएको छ।

घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन्।

फ्रान्समा राष्ट्रपति चुनाव हुनु दुई दिन अघि यस्तो घटना भएको हो । यहाँ अघिल्लो दुई वर्षमा भएको आतंककारी आक्रमणमा अहिलेसम्म २३० जनाको ज्यान गइसकेको छ।