१२ जेठ, पोखरा ।
पोखरा–लेखनाथ महानगरपालिका वडा नं २८ मा एमालेको प्यानलै विजयी भएको छ ।

वडा नं २८ को वडाध्यक्षमा नेकपा (एमाले)का निर्मल दियाली सुनारले एक हजार ५२५ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विकास लामा गुरुङले एक हजार ४४८ मत ल्याएका थिए ।

त्यस्तै, महिला सदस्यमा अम्बिका बुढाथोकी, दलित महिला सदस्यमा कल्पना परियार, खुला सदस्यहरुमा बैनबहादुर क्षेत्री र विष्णुप्रसाद तिवारी निर्वाचित भएका छन ।