२३ पुस, पोर्चुगल।

पोर्चुगलमा हृदयघातका कारण एक नेपालीको मृत्यु भएको छ । पोखरा नगरपालिका १० अमरसिंह चोकका ३८ वर्षिय दीपकमान गुरुङको शुक्रवार राती मृत्यु भएको हो ।dipak-gurung

सुतिरहेको अवस्थामा वेहोस भएका गुरुङलाई उपचारका लागि लैजाने वित्तिकै अस्पतालले मृत घोषणा गरेको उनका साथी भुपेन्द्र बस्नेतले जनाएका छन् ।

शनिवार र आइतबार सार्वजनिक विदा भएकाले सोमबार मात्र उनको पोष्टमार्टम हुने अस्पतालले जनाएको छ । भुपेन्द्र बस्नेत एल डी ए मार्फत पोर्चुगल आएका गुरुङ भिला रियल दि सान्तो आन्तोनियो भन्ने ठाउँमा खेतीमा काम गर्थे । उनका दुई छोरी र श्रीमती छन् ।

पोष्टमार्टम पछि आर्थिक सहयोग संकलन गरी परिवारको सल्लाहमा उनको शव नेपाल पठाउने तयारी भइरहेको एनआरएन पोर्चुगलका प्रवक्ता हेमराज सुवेदीले बताएका छन् ।

झण्डै दुई महिना अघि गाडी दुर्घटनामा परि पोर्चुगलमा दुई नेपालीले ज्यान गुमाएका थिए ।