२९ वैशाख, नाननिङ्ग (चीन) । चीनको गुआङ्गसी जुआङ्ग अधिनस्थ क्षेत्रमा गत बुधबार पौडी खेल्नको लागि गएका छ बालबालिकाको शव शुक्रबार बिहानसम्म निकालिएको अधिकारीले जानकारी दिएका छन् ।

ती बालबालिकालाई गत बुधबार पौडी खेल्नको लागि बिद्यालयबाट गुआङ्गसी जुआङ्ग सहरमा अवस्थित एक नदीमा लगिएको थियो ।

प्राथमिक विद्यालयका ती विद्यार्थिलाई बेइलिउ सहरमा रहेको एक विद्यालयबाट पौडी खेलाउनको लागि लगिएको थियो ।

उद्धारकर्ताको टोलीले बुधबार बेलुका नै दुई वटा शवको निकालेका थिए । त्यसगरी बिहीबार एक जनाको र शुक्रबार तीन जना गरी छ जनाको शव निकालेका बताइएको छ ।

स्थानीय सरकारले विद्यालयलाई विद्यार्थिलाई असुरक्षित नदीमा लगेको विषयमा स्पष्टिकरण सोधेको बताइएको छ । रासस/सिन्ह्वा