९ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । उनले सकेसम्म आजै र नभए भोलीसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेको काँग्रेस नेताहरुले बताएका छन् ।

आज केन्द्रीय समिति बैठक सकिएपछि प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गर्ने कांग्रेस नेता प्रकाशशरण् महतले जानकारी दिए । मन्त्रीपरिषद बिस्तारका विषयमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री देउवालाई भेटेरै दबाब दिएपछि प्रधानमन्त्री देउवा मन्त्री विस्तार गर्ने तयारीमा पुगेका हुन् ।

प्रचण्डले काँग्रेसका तर्फबाट सरकारमा जानेको नाम नटुंगिए माओवादीबाटै मन्त्री नियुक्त गर्न आग्रह गरेका थिए । माओवादीले सरकारमा जानेको नाम टुंगो लगाइसकेको छ भने काँग्रेसले अझै मन्त्री बन्नेको नाम छान्न सकेको छैन ।