५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो गृहकार्यपछि सरकारमा दुई नयाँ मन्त्री थप्ने भएका छन् ।

prem-bahadur-kumar-khadka

दुबईको उर्जा सम्मेलनबाट स्वदेश फर्किए लगत्तै प्रचण्डले मध्यरातसम्म सरकार विस्तारको बारेमा आफू निकट नेताहरुसँग परामर्श गरेका थिए । वालुवाटार स्रोतका अनुसार प्रचण्डले सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपालका सांसद कुमार खड्कालाई मन्त्री बनाउन लागेका हुन् ।

वालुवाटारमा मध्यरातसम्म मन्त्रीमण्डल बिस्तारको छलफल

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकभित्र मन्त्री बन्ने लफडा र राप्रपाका अध्यक्ष कमल थापाले ठूला मन्त्रालय खोजेपछि तत्काललाई सिंह र खडकालाई मात्र मन्त्री बनाउने तयारी गरेका हुन् । स्रोतका अनुसार भोली दुई मन्त्रीले सपथ गर्ने भएका छन् । मन्त्रालयको टुंगो भने भोली नै लाग्ने बताइएको छ ।

प्रचण्डले सत्तारुढ दल राप्रपा र फोरम लोकतान्त्रिकसँग पनि सरकार विस्तारको बारेमा छलफल गरिरहेको बुझिएको छ ।