चैत्र १०, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको चौथो दिन बेइजिङ्ग स्थित तियानमेन स्क्वायरमा राखिएको जनबादी गणतन्त्रका अध्यक्ष माओत्सेतुङ्गकोे पार्थिव शरीरमा श्रद्धान्जली व्यक्त गरेका छन् ।

ओलीले स्क्वायरमा रहेको चिनिया वीर शहिदहरुको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाएका थिए ।ओली तियानमेन स्क्वायर पुग्नु हुँदा उनको सम्मानमा राष्ट्रिय धुन बजाइएको थियो ।

Oli in china 2

ओलीले आज बेइजिंगमा पिपल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष यु चेनसेंगसँग ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।

चीन र नेपालले जारी गरे १५ बुँदे संयुक्त विज्ञप्ति

ओलीले चिनियाँ भाषा नबुझ्दा के भयो (धुर्मुसको भिडियो)

प्रधानमन्त्री ओली बइजिङ्गको औपचारिक कार्यक्रम सकि आजै हेनान प्रान्तको सान्या शहर जानु हुने कार्यक्रम छ । प्रधानमन्त्रीले भोलि हाइनानमा एसियाको नयाँ भविष्य, नयाँ आयाम र नयाँ दृष्टिकोण विषयमा बोआओ मञ्चलाई सम्बोधन गर्ने छन् ।