एजेन्सी।
टलिउड अभिनेत्री अनुष्का शेट्टीले सन् २००५ मा तलेगु फिल्म सुपरबाट आफ्नो अभिनय यात्रा सुरु गरिन् । त्यसपछि उनी एकाएक चर्चामा छाइरहिन् । फिल्ममा उनको अभिनय दमदार रह्यो । उनको भेट बाहुबली का नायक प्रभाससंग भयो । त्यसपछि फिल्ममा मात्र नभएर वास्तविक जिवनमा दुवैको सम्बन्ध नजिकिदै गयो ।

बाहुवलीमा तमन्नाले प्रभासको प्रेमिकाको भुमिका निभाएकी थिइन् भने अनुष्का प्रभासको आमा बनेकी थिइन् । अन्य कैयौ फिल्ममा संगै काम गरिसकेका बाहुवली २ मा भने बाहुबली अर्थात प्रभासको पत्निको भुमिकामा देखा पर्नेछिन् ।

तर वास्तवमा अनुष्का प्रभासको प्रेमिका बनिसकेकि छिन् । टलिउड अर्थात साउथ फिल्म इन्डस्ट्रीमा प्रभास र अनुष्काको प्रेम कहानी पहिले देखि नै चर्चामा छ । बैङ्लुरुमा जन्मिएकी अनुष्का स्मार्ट फोन कम्पनीकी एम्वेस्डर पनि हुन् ।

बाहुवली २ को ट्रेलर यतिबेला विश्वव्यापि रुपमा चर्चामा रहेको छ ।यो फिल्म प्रदर्शन पछि प्रभास र अनुष्का शेट्ठी एक आपसमा विहे गर्ने योजनामा रहेको चर्चा  छ ।