१० बैशाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वाेच्च अदालतले सदर गरेको छ ।

प्रधानन्यायधीश सुशीला कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मन्त्रालयको निर्णय विरुद्ध परेको रिट खारेज गरेको हो । निर्णय विरुद्ध सञ्चालक त्रय मनोजकुमार मिश्र, सुरज लामिछाने र लक्ष्मणप्रसाद अग्रवालले सर्वाेच्चमा रिट दायर गरेका थिए ।

यसअघि रिटमाथि प्रारम्भि सुनुवाइ गर्दै सर्वाेच्चले उनीहरुलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

तर प्रधानन्यायाधीश कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले अन्तरिम आदेश निरन्तरता नदिएपछि उनीहरुको पुनर्वाहली रोकिएको थियो ।

मन्त्रालयले लोडसेडिङ हटाउने अभियानमा असहयोग गरेको भन्दै गएको पुस ४ गते उनीहरुलाई हटाएको थियो ।