१३ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट ल्याएर चुनाव गर्दा निर्वाचन निश्पक्ष हुन नसक्ने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा निर्वाचन आयोग पुगेको एमाले टोलीले बजेट ल्याउनु अघि नै चुनाव सम्पन्न गर्न माग गरेको छ ।

एमाले टोलीले प्रमुख आयुक्तसहित आयोगका पदाधिकारीसँग भेट गर्दै स्थानीय तहको संख्या थप गर्न संविधानअनुसार नमिल्ने आयोगसमक्ष जानकारी गराएको छ ।

एमालेले एउटा निर्वाचन सकिएलगत्तै मतगणना गर्दा अर्काे निर्वाचनलाई असर गर्ने भएकाले त्यसो नगर्न माग पनि गरेको छ ।