२५ असार, काठमाडौँ ।सल्यानमा यात्रु बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

दाङको घोराहीबाट रुकुमका लागि छुटेको बस सल्यानको त्रिवेणी–५ सल्लेखोला नजिक दुर्घटना भएको हो ।
मृतकहरुको पहिचान खुलेको छैन ।

बसमा सवार २८ जनामध्ये घाइते २६ जना घाइते भएका छन् । गम्भीर घाइते ८ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्यको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको सल्यानका प्रहरी प्रमुख श्याम खत्रीले जानकारी दिए ।

दाङबाट रुकुमको रुकुमकोटका लागि छुटेको सिस्ने हिमाल यातायाता व्यवसायी समिति रुकुमको ना ४ ख ५७५४ नंम्बरको बस सल्लेखोलाको भीरबाट झण्डै एक सयमिटर सडक देखि तल खेतमा खसेको छ ।