६ भदौ, बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२:५० बजे ४.९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाडौंले जनाएको छ ।

भूकम्पले जिल्लामा कुनै क्षति भने भएको छैन तर भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन् ।