१० असार, पोखरा । नेपाली काँग्रेस साबिक लेखनाथ नगरपालिका नगर समितिका सभापति एवम् पोखरा लेखनाथ सहसंयोजक राजेन्द्रमणि लामिछानेले काँग्रेस नेता रामजी बादल हत्याकाण्डको तत्काल छानबिनको माग गरेका छन ।

काँग्रेस पोखरा लेखनाथ नगर समितिको शुक्रबारको बैठकमा हत्याकाण्डको छानबिनको मागसहित पदबाट राजीनामा दिँदै उनले आफूले पटक पटक हत्याकाण्डको छानबिनको माग गर्दै आए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको र अनावश्यक रुपमा आफूमाथि दोषारोपण गरिएका कारण पीडाबोध गरिरहेको बताए ।

विसं २०७२ साउन २८ गते काँग्रेसका नेता बादलको हत्या भएको थियो । रासस