१४ भदौ, एजेन्सी ।

म्यानमारको नयाँ नेतृत्वले मुलुकबाट विभेदको अन्त्य भएको र समावेशी विकासमा अग्रसर भएको प्रत्याभूत गराउँदै मानवअधिकारको पूर्ण सम्मान गर्न आफ्नो म्यानमारको भ्रमणका क्रममा सोमबार आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले गत वर्षको नाभेम्बरमा भएको निर्वाचनमा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीको दलले अत्यधिक बहुमत पाएको र यसबाट म्यानमारका जातीय समूहलाई पनि म्यानमारको प्रजातान्त्रिक अभ्यासमा लिएर जान बाटो खुलेको बताएका छन् ।

म्यानमारको समस्याग्रस्त राज्य राखिनेमा पूर्व राष्ट्रसङ्घ प्रमुख कोफी अन्नानको नेतृत्व हुनु प्रोत्साहनयोग्य कदम भएको सिङ्गापुरमा सिङ्गापुर व्यवस्थापन विश्वविद्यालयमा आयोजित कार्यक्रममा राष्ट्रसङ्घ प्रमुख बानले बताए ।

मङ्गलबार म्यानमार आइपुग्ने राष्ट्रसङ्घ प्रमुखले म्यान्मारमा सरकार र दशकौँदेखि द्वन्द्वरत जातीय समूहबीच हुने शान्ति वार्तामा आफूलाई सहभागी गराउन आग्रह गरेपछि म्यानमारले उनलाई औपचारिक निमन्त्रणा दिएको थियो ।

उनि दुईदिने भ्रमणका लागि म्यानमार रहँदा म्यानमारमा दशकौँदेखि रहँदै आएको द्वन्द्वलाई अन्त्य गर्ने प्रयासमा महत्वपूर्ण योगदान रहने विश्वास गरिएको छ ।