एजेन्सी ।

अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि चकित परेका मिडियाले अनेक विश्लेषण गर्न थालेका छन् ।

ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)

हिलारीको पक्षमा एककोहोरो माहौल बनाउँदा पनि जिताउन असफल भएका मिडियाले यतिबेला एक अन्धी महिलाले कैयौं वर्ष अघि अमेरिकाको बारेमा गरेको एक भविष्यवाणीबारे ब्यापक चर्चा भएको छ ।

blind-vanga-baba-prediction

बुल्गेरियामा जन्मिएकी एक अमेरिकी महिलाले सन् २००१ मा भएको सेप्टेम्बर ११ को भयानक आक्रमण, इस्लामिक स्टेटको उदय बारे गरेको भविष्यवाणी ठ्याक्कै मिलेको र उनले अमेरिकामा अफ्रो-अमेरिकन राष्ट्रपति अन्तिम राष्ट्रपति बन्ने समेत बताएको मिडियाको दावी छ ।

obama-sober-look

रिपोर्टका अनुसार बाबा भान्गा नामकी ती महिलाले सन् २०१६ मा इस्लामिकहरुले युरोपमा आक्रमण गर्ने भविष्यवाणी गरेकी थिइन् जुन मिलिसकेको छ । उनले अमेरिकाको ४४ औं राष्ट्रपति अर्थात बराक ओबामा नै अन्तिम राष्ट्रपति हुने भविष्यवाणी गरेको भन्दै अमेरिका सहित अन्य देशका मिडियाले उनको भविष्यवाणीबारे अनेक अडकलवाजी गरेका छन् ।

मेलेनिया न्यूड फोटो सार्वजनिक भएकी पहिलो अमेरिकी फष्ट लेडी (फिचर)

आगामी जनवरी २०मा सपथग्रहण नगरे सम्म डोनाल्ड ट्रम्प औपचारिकरुपमा अमेरिकाको राष्ट्रपति मानिने छैनन् । त्यतिबेला सम्म ओबामा नै अमेरिकाको राष्ट्रपती र कायर्कारी हुनेछन् ।

यस्तो भयो भने ट्रम्प अमेरिकी राष्ट्रपति बन्न पाउने छैनन्

ट्रम्प विजयी भइसकेकपछि अव ओबामा अन्तिम अमेरिकी राष्ट्रपति हुने भविष्यवाणी कसरी पुरा हुन्छ भनेर विभिन्न कोणबाट अडकलवाजी शुरु भएका हुन् । ट्रम्प विजयी भए लगत्तै अमेरिकी मतदाता आफ्नो राष्ट्रपति नभएको भन्दै सडकमा निस्किएका छन् । यो उनका लागि अनिष्टको संकेत मानिएको छ ।

donald-trump-smiling-1137646

रिपोर्टका अनुसार बाबा भान्गाले ओबामा सत्तामा आएपछि ठूलो आर्थिक संकट आइलाग्ने भविष्यवाणी गरेकी थिइन् जुन पुरा भएको थियो ।

मेलेनिया न्यूड फोटो सार्वजनिक भएकी पहिलो अमेरिकी फष्ट लेडी (फिचर)

भान्गाले सन् २०१० मा अरव विद्रोह हुने भविष्यवाणी पनि गरेको बताएको छ जुन सत्य सावित भैसकेको छ । उनले सन् २१३० मा मानिसहरु मुनी सभ्यता बसाउन सफल हुने र ३००५ मा मंगल ग्रहमा लडाइँ हुनेछ ।

ट्रम्पले जितेको एकदिनपछि भयो अमेरिकी इतिहासमै नभएको घटना