baburam bhattrai१० साउन,काठमाडौ। शिवसेना नेपालले एमाओवादी नेता तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई निगरानीमा राखेको बताएकको छ।
उनलाई पुर्व राजा ज्ञानेन्द्र विरुद्ध कडा अभिव्यक्ति दिएको भन्दै निगरानीमा राखिएको शिव सेनाले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।
बाबुराम भट्टराईले आफू प्रधानमन्त्री भएको भए पुर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्ने बताएका थिए।

शिवसेनाका अध्यक्ष अनिल बस्नेत तथा राष्ट्रिय अध्यक्ष अरुण सुवेदी बुधबार विज्ञप्ती जारी गर्दै भट्टराईको अभिव्यक्ति मानवधर्म विपरीत भएको जनाएका छन्।
शिवसेना नेपालले आफ्नो युवा संगठन तथा रक्षा बाहिनीले बाबुराम भट्टराईलाई निगरानीमा राखेको जनाएको छ ।