४ जेठ, चौतारा ।

सिन्धुपाल्चोकको बारबिसे नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का निमफुन्जो शर्मा चार हजार ९२९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण बस्नेतले चार हजार ७११ मत प्राप्त गरे। नगर उपप्रमुखमा एमालेकै सुशीला पाख्रिन पाँच हजार १५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लिला नेपालले चार हजार ८१३ मत प्राप्त गरे।

सो नगरपालिकाको वडा नं १, २, ३, ४ र ९ मा नेपाली काँग्रेस तथा वडा नं– ५, ६, ७ र ८ मा नेकपा (एमाले) विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा कामी शेर्पा (काँग्रेस), २ मा बमबहादुर तामाङ (काँग्रेस), ३ मा एकबहादुर भण्डारी (काँग्रेस), ४ मा ज्ञानेन्द्र श्रेष्ठ (काँग्रेस), ५ मा बेलबहादुर रोक्का (एमाले), ६ मा मोहनलाल श्रेष्ठ (एमाले), ७ मा मिनबहादुर श्रेष्ठ (एमाले), ८ मा सुरज लामा (एमाले) र वडा नं ९ को वडाध्यक्षमा सानु लामा (काँग्रेस) विजयी भएका  छन् । रासस