२६ वैशाख, एजेन्सी।

निर्देशक एस.एस. राजामौलीको फिल्म ‘बाहुबली २: द कन्क्लुजन’ बक्स अफिसमा धमाका कमाइ गर्दैछ।

फिल्मले रिलिजको १० दिनमा विश्वभर १०६५ करोड भारु कमाइ गरेको छ। एक हजार करोड भारुको आंकडा कटाउने यो पहिलो भारतीय फिल्म हो।

यो भन्दा अघि आमिर खान स्टारर ‘पीके’ (२०१४)ले ७९२ करोड भारु कमाइ गरेर सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो। यो रेकर्ड आमिरकै फिल्म ‘दंगल’ ने सन् २०१६ मा तोड्यो।

‘दंगल’ शुक्रबारबाट चीनमा पनि रिलिज भएको छ। फिल्मले त्यहाँ पहिलो हप्तामा ७३ करोड भारुको व्यापार गरेको छ। पहिले नै यसले ७८५ करोड भारु कमाइसकेको थियो। अब दंगलको कमाइ ८५८ करोड भारु पुगेको छ।

बाहुबली-2को रकर्ड:

  • बलिउड बक्स अफिसमा बाहुबली-२ को हिन्दी भर्जनले मात्र ३२७ करोड भारु कमाएको छ। यसको साथै सबैभन्दा छिटो ३०० करोड भारु संकलन गर्ने यो पहिलो फिल्म बनेको छ। यसले केवल १० दिनमा हो आंकडा पार गरेको हो।
  • बाहुबली-२ पहिलो साउथ इन्डियन फिल्म हो, जसको हिन्दी भर्जनले बलिउडमा ३०० करोड क्लबमा आफ्नो स्थान बनायो।
  • उत्तर अमेरिकामा १०० करोड भारुको कमाइ गर्ने बाहुबली-२ पहिलो साउथ इन्डियन फिल्म बनेको छ। यसले केवल १० दिनमा त्यहाँ १०६ करोड भारु कमाएको छ।
  • पहिलो हप्तामा बाहुबली-२ को हिन्दी भर्जनले बलिउड बक्स अफिसमा २४७ करोड भारु संकलन गरेको छ। यस्तो गर्ने यो पहिलो भारतीय फिल्म हो। यो भन्दा अघि सुल्तान फिल्मले रिलिजको पहिलो हप्ता २२९ र दंगलले १९८ करोड भारु संकलन गरेका थिए।
  • सन् २०१६ क्रिसमसको अवसरमा रिलिज ‘दंगल’ले बलिउड बक्स अफिसमा ३८७ करोड भारु कमाएर रेकर्ड बनाएको थियो। तर बाहुबली-२ (सबै भर्जन)ले भारतमा मात्र केवल ५ दिनमा यो रेकर्ड तोड्यो। बाहुबलीले भारतको घरेलु बक्स अफिसमा ४४० करोड भारु कमाएको छ।
  • रिलिजको तेस्रो दिन यसले ठूलो रेकर्ड आफ्नो नाममा गर्यो। यो अमेरिकामा सबैभन्दा कमाइ गर्ने भारतीय फिल्म गर्यो। केवल तीन दिनमा अमेरिकी बक्स अफिसमा यसले ६६ करोड भारुको कमाइ गरेको थियो।
  • बाहुबली -२ (सबै भर्जन) रिलिजको दोस्रो दिन सबैभन्दा बढी कमाइ गर्ने फिल्म पनि बन्यो। यसको सबै भर्जनले दोस्रो दिन १०२ करोड भारतमा मात्र संकलन गर्यो। पहिलो दिनको कमाइसमेत जोड्दा, दुई दिनमा यसले २०० करोड भारुको रेकर्ड तोडेको थियो।
  • बाहुलबी-२ (सबै भर्जन)ले पहिलो दिनमै रकर्ड बनायो। पहिलो दिन १०० करोड भारु भन्दा बढी कमाउने यो पहिलो भारतीय फिल्म हो। यसले पहिलो दिन १२१ करोड भारु कमाएको थियो।
  • बाहुबली-२ को लागि ३६ करोड भारुको एडभान्स बुकिङ भएको थियो। यो भन्दा अघि आमिरको ‘दंगल’ १८ करोडको एडभान्स बुकिङसंगै सूचीको पहिलो स्थानमा थियो।
  • साथै कुनै पनि भारतीय फिल्मको सिक्वेल फिल्मले यतिको कमाइ गरेको यो पहिलो पटक हो।