९ पुस, बीरगञ्ज ।

नेपाल भारतको सिमाना दशगजाँ क्षेत्रमा धर्ना दिइरहेका मधेशी मोर्चाका कार्यकर्तालाई गएराति फेरी तस्करहरुले आक्रमण गरेको छन् ।

मधेशी मोर्चाले आफना प्रमुख मुद्दा सिमांकन हेरफेर गर्नुपर्ने माग राख्दै गरेको आन्दोलन विरोध सभा, आम हडताल, चक्का जाम, राजमार्ग अवरुद्ध हुदै नेपाल भारत सिमानाकाको प्रमुख नाकामा धर्ना दिन थालेको विहीबार ९३ दिन पुगेको छ ।

रुसमा नरेन्द्र मोदीको ठूलो बेइज्जत (भिडियो सहित)

यस क्रममा मोर्चाका कार्यकर्ताहरु पटक पटक तस्करहरुको कुटाई खाईरहेका छन् ।

सहज रुपमा आपुर्ति हुन नसक्दा ब्लेक मार्फत समान ओसार पोसार गरिरहेका तस्करहरुले गएराति करिब १० बजे रक्सौलबाट ल्याईएका समान मितेरीपुल भएर नेपाल तर्फ ल्याउन खोज्दा विवाद भएर दुवैपक्षबाट झडप भएको धर्नामा बसेका कलैयाका ताहिर मंसुरले बताए ।

नेपाली पोर्नस्टार युवतीले जितिन् ७२ करोडको मुद्धा

उनका अनुसार टाङ्गा, ठेला र साईकलमा तस्करी गर्दै समानहरु भित्राउन लाग्दा मोर्चाले लगाएको बासको ढाठ हटाउन खोज्दा भनाभन भई दुवैपक्ष विच कुटकुट भएको थियो ।

तस्करहरुलाई धपाउन लाठि पठठा र पेट्रोलले तस्करका सवारी साधन जलाउन खोज्दा तस्करहरु भागेका थिए ।