बुद्धिमान हुनु सफलताको सुत्र हो। तर बुद्धिमान हुनलाई कुन सुत्र प्रयोग गर्ने?

परिवर्तन भइरहने समय अनुसार नै बुद्धिको उपयोग गरिएन भने बुद्धिमान भइदैन। बुद्धिमान हुनको अचुक सुत्र हो ‘लगातार अभ्यास’। पढाइ होस् या कुनै काम, जति धेरै अभ्यास त्यति नै बढी अनुभव।

अभ्यासको समयमा ध्यान केन्द्रित नगर्ने हो भने अभ्यासको कुनै अर्थ रहदैन। आँखा जता हुन्छ ध्यान पनि त्यतै भए दिमाग केन्द्रित हुन्छ। दिमागले कुनै काम प्रति आफ्नो पुरा शक्ति लगाउन सके काम छिटो अनि ठिक ढङ्गबाट सम्पन्न हुन्छ। पढ्दा पनि छिटो सम्झन सकिन्छ, किनकी दिमागले सहि ढङ्गले ध्यान पुर्याउन पाएको हुन्छ।mind halo

दिमागमा धेरै कुरा खेल्नाले ध्यान पुर्याउन भने गाह्रो हुन्छ। धेरै विचार दिमागमा अनावश्यकरुपमा ल्याउन दिन हुँदैन।

दिमागको ध्यान पुर्याउन के के गर्न सकिन्छ?

पढ्दा निकै ‘सुनेको झै’ लाग्ने यी उपाय सोचेभन्दा बढी जीवन उपयोगी छन्। ‘सुने झै’ लाई ‘जानेको’ झै बनाउन यी उपाय जीवनमा उतार्नुहोस्, अनि फरक पाउनुहोस्:

रिस कम गर्ने

रिस उठ्दा शारिरीक शक्ति खर्च हुन्छ। दिमाग अशान्त हुन्छ। दिमागमा कुरा धेरै खेल्नाले आफ्नो नियमितकाममा ध्यान पुर्याउन सकिदैन। दोस्रो व्यक्तिमा निरासी आउँछ।

ध्यान गर्ने

दिनको केही घण्टा वा मिनेट ध्यान गर्दाले दिमाग कुनै काम प्रति केन्द्रित गर्न सकिन्छ। ध्यान गर्नाले दिमागमा आउने अनावश्यक विचारहरुलाई कम गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ। ‘ध्यान गर्नु’ साथै शारीरिक दृष्टीबाट निकै फाइदाकारी हुन्छ।

सकारात्मक कुरा गर्ने, सोच्ने

सकारात्मक हुनाले आफु अनि विश्वको कुरा सिक्न, बुझ्न सजिलो हुन्छ। नकारात्मक सोचले अनावश्यक कुरा दिमागमा उब्जाउँछ। जसले काम प्रतिको ध्यान भंग हुन्छ।

सत्य बोल्ने

सत्य बोल्दा सबैलाई फाइदा हुन्छ। सत्य बोल्दा कम शक्ति खर्च हुन्छ भने झुठो बोल्दा धेरै। सत्य बोल्नाले दिमागमा शान्त विचारहरु आउँछन् जसले काम प्रतिको लगाव बढाउँछ, धेरै सम्झन सकिन्छ। सत्य बोल्नाले सकारात्मक भइन्छ। सामाजिक नियम स्वतः राम्रो पनि बन्छन। सबैलाई भलो गर्ने अनि दिमागलाई पनि सजिलो काम किन नगर्ने?

यी सबैकुराले जीवनमा खुसी ल्याउँछ। आखिर खुसी हुन धैर्य र सन्तुष्ट हुन जान्नु पनि त पर्छ। दिमाग शान्त हुँदा नै तेजिलो हुन्छ।