हाम्रो यहाँ झै बेलायतमा पनि बसन्त ऋतु सुरु भएको छ। फूल खेल्ने अनि सूर्य अधिक समयसम्म देखिने समय। तर फोटोमा हेर्नुस्, रुखहरु जालीले ढाकिएको छ ? किन?

खासमा चराचुरुङ्गी बचाउन बेलायतका विभिन्न ठाउँमा यसरी रुख जालीले छोपिएको हो।
चराचुरुङ्गी बचाउने काम गर्ने बेलायती संस्था ‘द रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्ड्स’ (आरएसपीबी) को अनुसार यसरी जालीले छोपेर चराचुरुङ्गीलाई सो रुखहरुमा गुड बनाउनबाट रोकिएको हो। समय आउँदा सो रुखहरुको पातपतिङ्गर सफा गर्न सहज होस् भनि यसो गरिएको रहेछ।

nets on britains trees 3405107

कयौं रुखहरुको हाँगा मिलाउन काट्नु पर्ने, पातपतिङ्गर सफा गर्दा चराको गुँड भत्कने गरेकाले यसो नहोस् भनि यी रुखहरुमा गुँड लगाउन नदिइएको हो। बेलायतको कानुनले पनि यो काममा कुनै रोकतोक गर्दैन।

बेलायतको गिलफोर्ड, वारविकशायर, ग्लोचेस्टर र डार्लिंगटन समेत कयौं स्थानका रुखहरुमा यसरी जाली लगाइएको छ। यी अधिकांस ठाउँहरुमा नयाँ घरहरुको निर्माण कार्य चल्दै छ।

विरोधको स्वर

यो काम पर्यावरण र ‘चराचुरुङ्गी संरक्षण विरुद्ध’ भएको भन्दै स्थानीयहरुले सडक किनारामा रहेका झाडी अनि रुखहरुमा हरियो रिबन बाँधेर विरोध गरेका छन्। आरएसपीबीको अनुसार विगत ५० वर्षमा बेलायतमा ४ करोड पंक्षी कम भएका छन्। संस्था भन्छ, सरकारले यसतर्फ ध्यान दिनुपर्छ।

nets on britains trees 22867

रुखमा चराचुरुङ्गीले गुँड बनाउन सकोस् भन्दै जालीले ढाक्ने काम विरुद्ध कानुन बनाउन एक निवेदन बेलायती संसदको वेवसाइटमा छ। यसमा ४८,००० ले हस्ताक्षर गरिसकेका छन्। सामान्यतता १०,००० हस्ताक्षर भएपछि सरकारले त्यसउपर विचार गर्थ्यो।

साथै यो काम विरुद्ध ट्वीटरमा #NestingNotNets ह्यासट्याग अभियान चलेको छ।