२९ माघ, एजेन्सी।

ब्रिटिस मोडल तमरा एकलेस्टनले इन्स्टाग्राममा २ वर्षकी छोरी सोफियालाई स्तनपान गराएको तस्बिर अपलोड गर्दा आलोचना खेप्नु परेको छ।

उनको तस्विरले सार्वजनिक रुपमा महिलाले स्तनपान गराउन हुने या नहुने एक पटक फेरी यो पुरानो बहस ताजा गराएको बीबीसीले लेखेको छ।

३२ वर्षकी एकलेस्टनले बुधबार आफ्नो इन्स्टाग्राममा यस्तो तस्बिर अपलोड गरेपछि उनका कयौं फ्यान उनी विरुद्ध उत्रिए। लगतै उनले अर्को यस्तै तस्बिर अपलोड गरिन। उनको जमेर निन्दा गरियो।

आफ्नो तस्बिर व्याख्या गर्दै उनले स्तनपानलाई प्रेम अनि पालनपोषणको बलियो प्रतिक भएको बताइन। यो प्रतिकलाई सामान्यबाट लाजमर्दो रुपमा स्थापित गरिएको उनले लेखेकी छिन्।

किन विवाद ?
केही व्यक्तिले स्तनपानलाई सार्वजनिक रुपमा प्रोत्साहित गर्नुको सट्टा यसमाथी प्रश्न खडा गरे। स्वास्थ्यको हिसाबले ३ वर्षसम्मको बच्चालाई अनिवार्य स्तनपान जरुरी मानिन्छ।

कतिले त शिशुप्रति गरिएको यस्तो व्यवहार ठिक भएन भन्दै तस्विरमा प्रतिक्रिया दिनसमेत भ्याए। कतिले भने तस्बिरको बचाउ गर्दै प्रतिक्रिया दिएका छन्।

एक महिला तस्बिरमा प्रतिक्रिया दिदैँ लेख्छिन्, ‘मैले आफ्नो छोरीलाई ४ वर्षको उमेरसम्म स्तनपान गराए। मैले अहिले सम्म बुझ्न सकेको छैन कि यसलाई अनौठो रुपमा किन लिइन्छ।’

तमाराले लेखिकी छिन्, ‘मेरो तस्विरमा जस्तो खालको टिप्पणी आएको छ म आश्चर्यमा छु। मान्छे सोच्छन् कि मैले स्तनपानको सट्टा बोत्तलको दूध दिनु पर्नेथियो। म कहिल्यै कसैलाई बोत्तलमा जाने सल्लाह दिन्न’

यूनिभर्सिटी अफ केन्टस् सेन्सर फर प्यारेनटिङ स्टडीजका निर्देशनक डाक्टर एली ली यो देखेर पटक्कै आश्चर्यमा छैनन। किनकी समाजले स्तनपानलाई नैतिकतासंग जोडिदिएको छ।

स्वास्थ्यको दृष्टीले महत्वपूर्ण मानिने जान्दाजान्दै पनि ब्रिटेनमा कमै आमाहरु आफ्ना बच्चालाई स्तनपान गराउँछन्।